८ मंसिर २०८२, सोमबार

एनपीएल क्रिकेटमा सोमबार दुई खेल हुँदै

कोलोराडोखबर संवाददाता , November 24th, 2025

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ । जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ।

दोस्रो खेलमा सोमबारनै सुदूरपश्चिम र कर्णाली आमनेसामने हुनेछन् । सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ ।

८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन् । समान ४–४ अंक जोडे पनि नेट रन रेट आधारमा विराटनगर शीर्ष स्थानमा छ । यी दुवै टोलीले काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएका हुन् । १ खेल खेलेको जनकपुर बोल्ट्स र २ खेल खेलिसक्दा पोखरा एभेन्जर्सले कुनै खेल जितेको छैन ।

प्रतिक्रिया दिनुहोस्