७ मंसिर २०८२, आईतवार

नेपाली फिल्म अवार्डमा सहभागी कलाकारहरूले आज कोलोराडोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने

कोलोराडोखबर संवाददाता , November 23rd, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा स्थानीय समय अनुसार आज आइतबार आयोजना हुने ८औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुने दर्शकलाइ भरिपूर्ण मनोरञ्जन प्रदान गर्ने कलाकारहरूको प्रतिबद्दता जनाएका छन् ।

अवार्ड कार्यक्रमको अघिल्लो दिन शनिबार सांझ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरूले उक्त प्रतिबद्दता जनाएका हुन् ।

पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, हास्य कलाकार केदार घिमीरे माग्ने, नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए अध्यक्ष तथा नायक नवराज श्रेष्ठ, चर्चित नायकहरू प्रदिप खड्का, दिलिप रायमाझी, चर्चित नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठ लगायत २ दर्जनभन्दा बढी चर्चित कलाकर्मिहरूको सहभागीता रहेको थियो ।

हजुरबुबा पुस्ताका कलाकर निर शाह, रामचन्द्र अधिकारी देखी नातिनी पुस्ताकी दिब्या रायमाझीलाइ एउटै मन्चमा राखी आयोजना गरिएको पत्रकार भेटघाटमा बिशेषगरी यस कार्यक्रम अयोजना गर्नुको उद्देश्यलाइ प्रष्ट्याउन खोजिएको थियो । कार्यक्रमा आयोजक संस्थाका अध्यक्षद्वय कृष्ण मल्ल र नवराज श्रेष्ठले बुँदागत रूपमा यसको उद्देश्य प्रकाश पारेका थिए भने अन्य कलाकारहरूले भोलीको कार्यक्रम हामी सक्दो मनोरञ्जन प्रदान गर्दछौं भन्दै सबैलाइ कार्यक्रममा सहभागी हुन अनुरोध गरेका थिए ।

संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको हो । यसले नेपाली मौलिक कला संस्कृतीको पहिचान विश्वमाझ पुर्याउन तथा नेपाली फिल्मीकर्मिहरूलाइ अझ राम्रो फिल्म बनाउन प्रोत्साहन मिल्ने आयोजक संस्थाका अध्यक्ष द्वयले बताएका छन् भने, कार्यक्रमलाइ भब्यताकासाथ सफलपार्न कोलोराडो निवासी नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबिहनीहरूको सहयोग र सहभागीताको लागी कलाकारहरूले हार्दिक अनुरोध गरेका छन् ।

भौगोलिक अवस्थितीले नेपालको काठमाडौं शहरसंग मिल्दोजुल्दो बोल्डर शहर स्थित बोल्डर थिएटरमा नोभेम्बर २३ तारिक आइतबार साँझ ४ बजेदेखि कार्यक्रम आयोजना हुनेछ । नेपाली फिल्म भिलेज टु ग्लोब भन्ने नारासहित आयोजना हुन लागेको ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले सन् २०१६ देखी आयोजना हुँदै आएको छ ।

आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान गाउँदेखि विश्वबजारसम्मको नारा लिएर ग्लोबल नेपाली फिल्म अवार्ड चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । यस अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क जस्ता शहरमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुन लागेको हो ।

कोलोराडोस्थित बोल्डर शहरमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सम्पूर्ण तयारी पूरा

प्रतिक्रिया दिनुहोस्