७ मंसिर २०८२, आईतवार

वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको होः ओली

कोलोराडोखबर संवाददाता , November 23rd, 2025

नेपाल । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित जनप्रदर्शन तथा जनसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर समेत गरे ।

उनले सरकारमाथि थप गम्भीर आरोप लगाउँदै जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको पनि बताए। ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्