७ मंसिर २०८२, आईतवार

वैदेशिक रोजगारीका लागि चार महिनामा दुई लाख ८३ हजारले लिए श्रम स्वीकृति

कोलोराडोखबर संवाददाता , November 23rd, 2025

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१–८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको सो अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आवको सो अवधिमा सबैभन्दा बढी कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्