७ मंसिर २०८२, आईतवार

छोटो कविताः भर्याङ

कोलोराडोखबर संवाददाता , November 22nd, 2025

–आर.आर. चौलागाईं–
भर्याङ चढेर एक तलामाथि पुगेपछि
उसले भर्याङलाई हुत्यायो
र खुसी हुँदै भन्यो
‘यो भर्याङको अब काम छैन’
म प्रस्टसँग देखिरहेको छु
उसले चढ्नुपर्ने तलाहरू
अझै थुप्रै बाँकी छन् ।

–हेटौँडा ।

प्रतिक्रिया दिनुहोस्