६ मंसिर २०८२, शनिबार

‘झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ प्रदान

कोलोराडोखबर संवाददाता , November 21st, 2025

नेपाल । भूगोल साहित्य समाजले साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल) लाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान गरेको छ ।

सोमबार काठमाडौंमा समाजको छैठौँ साधारणसभाका अवसरमा कथाकार हिरण्यकुमारी पाठकले उक्त पुरस्कार प्रदान गरिन् । पुरस्कारका साथ नगद राशि २५ हजार २५ रुपैयाँ समेत प्रदान गरिएको थियो ।

यसअघि यो पुरस्कार अग्रज नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि तथा अनुवादक रामबहादुर पहाडी र कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो । उक्त पुरस्कार कवि ओम आचार्यले स्थापना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्