अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ ।
अमेरिका भ्रमणमा रहनुभएका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो । साउदी क्लब अल नासरका लागि खेल्दै आउनु भएका र जो धेरै जना वरिष्ठ खेलाडीसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुग्नुभएका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ ।
४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सिटमा बस्नुभएको देखिन्थ्यो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्