नेपाल । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।
जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो ।
एनपिएल अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच साँझ ४ः०० बजे प्रतिस्पर्धा हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्