३ मंसिर २०८२, बुधबार

विष्णु पन्थी ‘विनु’ को ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण

कोलोराडोखबर संवाददाता , November 18th, 2025

नेपाल । विष्णु पन्थी ‘विनु’ द्वारा लिखित ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण भएको छ ।

नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा। विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।

लेखक पन्थीको यो पहिलो लघुकथासङ्ग्रह हो । जसमा ४० वटा लघुकथा समावेश छन् । सङ्ग्रहले सामाजिक परिवेशको जाली परम्परा, राजनीतिक विकृति, चाडबाड, पारिवारिक जीवनशैली, समाजमा विद्यमान विकृति, विसङ्गति, पीडा, वेदनालगायतका कुरालाई तिखो व्यङ्ग्यमा कथाको विषयवस्तु रहेको लेखक पन्थीले बताउनुभयो ।

विशेष गरी समाजमा देखिएका कतिपय सामाजिक व्यक्तित्वहरू नितान्त व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि नहट्ने, नाम र दामका लागि स्वाभिमान गुमेको पत्तै नपाउने समाजका केही मानवीय चरित्रप्रति लक्षित गरिएको पन्थीको भनाइ छ ।

पारिवारिक सामाजिक धर्मको परिपालनमा आधारित व्यक्तित्व विकास, धार्मिक आचरणसँगै सुधार र तिनै समस्यामा जोडिएका लघुकथासङ्ग्रहमा रहेको लेखक पन्थीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्