नेपाल । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको छ ।
विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत युनिट स्थापना गरिएको हो ।
विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैङ्किङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्