३० कार्तिक २०८२, आईतवार

दोस्रो संस्करणको एनपीएल सोमबारदेखि हुँदै, तयारी पूरा

कोलोराडोखबर संवाददाता , November 16th, 2025

नेपाल । मंसिर १ गते सोमबारबाट शुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ ।

त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो ।

एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका अध्यक्ष चतुबहादुर चन्दले बताउनुभयो ।

क्यानले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । दर्शक शुल्क पाँच सयदेखि दुई हजारसम्म तय गरिएको छ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज त्रिवि क्रिकेट रङ्गशालामा अपरान्ह ४ बजे भिड्नेछन् ।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि पाँच सय र एक हजार रुपियाँ राखिएको छ ।

एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् । क्यानले पहिलो वर्ष नै १० वर्षका लागि फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्