२९ कार्तिक २०८२, शनिबार

रास्वपाका नेता सन्तोष परियारद्वारा पार्टी परित्याग

कोलोराडोखबर संवाददाता , November 15th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ ।

नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले जनाउनुभएको छ ।

“नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ”, नेता परियारले भन्नुभयो, “यससम्बन्धमा विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।”

यसअघि उहाँले प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गर्नुभएको थियो । नयाँ शक्तिका नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्