–लक्ष्मण आचार्य–
जीवन ल्याङफ्याङ छ
र मन ल्याङफ्याङ छ
कति सपारौँ कति सुधारौँ
यो झन ल्याङफ्याङ छ
उता मुना विह्वल छे यता
मदन ल्याङफ्याङ छ
सह छैन यहाँ केही कुराको
जतन रु ल्याङफ्याङ छ
जसोतसो पिउँछु मदिरा
सित्तन ? ल्याङफ्याङ छ
बाँचे भन्नू के यस्तो भोगाइ ?
भिजन ? ल्याङफ्याङ छ ।
–चन्द्रनिगाहपुर, रौतहट ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्