२९ कार्तिक २०८२, शनिबार

कविताः सडक, सत्ता र कविता

कोलोराडोखबर संवाददाता , November 15th, 2025

–आर.आर. चौलागाईं–
हिजो तिमी मलाई
शोषणका विरुद्धमा कविता लेख्नु भन्थ्यौ
किनकि त्यतिबेला तिमी सडकमा थियौ
आज तिमी मलाई
शोषणका विरुद्धमा कविता नलेख्नु भन्छौ
किनकि यतिबेला तिमी सत्तामा छौ
आज थाहा भयो मलाई
राजनीति गर्नेहरूको ठाउँ फेरिँदो रहेछ
उनीहरू कहिले सत्तामा पुग्दा रहेछन्
त कहिले सडकमा पुग्दा रहेछन्
तर कविहरूकोचाहिँ ठाउँ एउटै हुँदो रहेछ
जहिले पनि सडक
किनकि कविता बाँच्ने भनेकै सडकमा रहेछ
सत्तामा होइन ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्