नेपाल । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ ।
प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।
पदमुक्त हुनेहरुमा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार रहनुभएको छ ।
प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दस वटा बैठकमा अनुपस्थित रहेका कारण उहाँहरूको पद रिक्त भएको बताइएको हो ।
नेपालको संविधानको धारा १८२(६) र प्रदेशसभा नियमावली २०७५ को नियम १८५ बमोजिम पद रिक्तसम्बन्धी सूचना जारी गरिएको सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभामा सात राजनीतिक दलका ६४ जना प्रदेशसभा सदस्यहरुको समर्थनसहितको सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउन प्रदेशसभा पुगेका सात दलका प्रदेशसभा सदस्यहरुसँग प्रदेशसभा भित्रमा दुर्व्यहार भएको आरोप लगाइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्