२९ कार्तिक २०८२, शनिबार

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्को स्वीकृति

कोलोराडोखबर संवाददाता , November 13th, 2025

नेपाल । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर्णाल प्रदेशको सुर्खेतमा आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यसअघि गत बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२३औँ बोर्ड बैठकले पनि कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।

राखेप बोर्ड बैठकको निर्णयलाई नै मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्