२६ कार्तिक २०८२, बुधबार

मतदाता नामावली दर्ता गर्न आयोगको आग्रह

कोलोराडोखबर संवाददाता , November 12th, 2025

नेपाल । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। कात्तिक मसान्तसम्म नामावलीमा नाम दर्ता गर्न पाइने छ ।

आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिकहरू आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने हुँदा उनीहरूले निर्वाचन सम्पन्न भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अधिक चाप देखिएपछि सहज सेवा प्रवाहका लागि विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ ।

जेनजी आन्दोलन पछि बनेको सरकारले फागुन २१ गते निर्वाचनको मिति यसअघि नै घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्