२६ कार्तिक २०८२, बुधबार

फेरि बढ्न थाल्यो सुनको मूल्य, तोलाकै २ लाख ४६ पुग्यो

कोलोराडोखबर संवाददाता , November 12th, 2025

नेपाल । स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार १४५ अमेरिकी डलर पुगेको छ । सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्य प्रतिऔँस ८८ डलरले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्