नेपाल । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा मिसिने भएका छन् ।
बुधवार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिष्ट पार्टीमा मिसिन लागेका हुन् ।
नेकपा एमालेले उनलाई निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाएका थिए ।
रावललाई नेकपामा छैटौँ वरियता दिने सहमति भएको छ । रावलले प्रचण्ड र माधव नेपालसहित आफूनिकट नेताहरूसँग छलफल गरेर एकता प्रक्रियामा जान तयार भएका हुन् ।
उक्त कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्ने नेता प्रकाश ज्वालाले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्