नेपाल । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
यो निर्णय यही कात्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो ।
वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० बर्से सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो । नवनियुक्त महानिरीक्षक कार्कीले अब कात्तिक २७ गतेबाट औपचारिक रूपमा प्रहरी कमान्ड समाल्नु हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्