नेपाल । यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
असोज र कात्तिकमा आएको वर्षा र बाढीका कारण धानमा क्षति पुगेकाले चारदेखि पाँच लाख मेट्रिक टन कमी आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले यस वर्ष धानको उत्पादनमा कमी आउने देखिएको जानकारी दिनुभयो । बेमौसमी वर्षा र डुबानका कारण पाकेको धानमा क्षति पु¥याएकाले पनि उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेशबाट धानको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष मधेश प्रदेशमा सुक्खा र खडेरीका कारण किसानले समयमा धान रोप्न पाएका थिएनन् । खडेरीका कारण कम क्षेत्रफलमा धान रोपाइँ भएको र पछि आएको बैमौसमी वर्षाले धानको उत्पादन कमी आउने देखिएको मन्त्रालयले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्