२४ कार्तिक २०८२, सोमबार

बिडिए कोलोराडो च्याप्टरको नयां कार्यसमितिलाई पदभार हस्तान्तरण

कोलोराडोखबर संवाददाता , November 10th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । बिडिए कोलोराडो च्याप्टरको प्रथम अधिवेशन तथा नयां कार्यसमितीलाइ पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिवार एक समारोहबचि संस्थाको प्रथम अधिवेशन तथा नयां कार्यसमितीलाइ पदभार हस्तान्तर कार्यक्रम सम्पन्न भएको हो। च्याप्टरको हालै सम्पन्न भेलाले नवराज मरासिनीको अध्यक्षतामा ७ सदस्सयि नयां कार्यसमिति चयन गरेको थियो । सोही समितिलाई कार्यभार हस्तान्तरण गरिएको हो ।

बिडिए कोलोराडो च्याप्टर अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सुरूमा बिडिए कार्यकारी केन्द्रीय उपाध्यक्ष टिका पौडेलले स्वागत मन्तव्य दिएका थिए । स्वागत मन्तब्यको क्रममा उनले सन् २०१४ कोलोराडोमा पहिलो पटक राजु सिटौला र शैलेश पोखरेलले बिडिएको सदस्यता लिएको स्मरण गराएका थिए ।

च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापति डा. शारदा काफ्ले त्रिपाठीले रक्तदानको महत्व र आफ्नो कार्यकालको अनुभव बताउदै रक्तदानले ब्याक्तिगत स्वास्थ्यमा पनि धेरै लाभ पुर्‍याउने अनुसन्धानले देखाएको खुलाएकी थिइन् ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष टिका पौडेलले कोलोराडो च्याप्टरको भेलाले सर्वसम्मत तरिकाबाट चयन गरिएको ७ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेका थिए । जसमा अध्यक्ष नवराज मरासिनी , उपाध्यक्ष शर्मिला शर्मा, सचिव नुरहरि पोखरेल, कोषाध्यक्ष बिष्णु घिमिरे, बोर्ड अफ डिरेक्टर चिरञ्जीवी लम्साल, विकास भण्डारी, डा. शारदा काफ्ले त्रिपाठी रहेका छन् ।

निर्वाचित पदाधिकारीहरूलाइ बिडिएका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय प्रमुख सल्लाहकार भुषणलाल श्रेष्ठले शपथ ग्रहण गराएका थिए । नयां कार्यसमितीको शपथ ग्रहण पछि उनिहरूलाइ खादा र संस्थाको पिन लगाइ दिइ सम्मान गरिएको थियो । कार्यक्रममा संस्थालाइ बिभिन्न माध्यमबाट सहयोग पुर्याउने महानुभावहरू तथा आजीवन सदस्यहरूलाइ मायाको चिनो, सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो ।

समारोहमा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त दिएका थिए । यसरी शुभकामना दिनेहरुमा अनेसास केन्द्रीय महासचिव राजु सिटौला, नेपाली घरका अध्यक्ष वसन्त लम्साल, अनेसास च्याप्टर अध्यक्ष किरण अधिकारी, रकि माउन्टेन फ्रेन्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगाले, दिदीबहिनी समुहकी निवर्तमान अध्यक्ष धन पौडेल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष हरि गुरुङ लगायत रहेका थिए ।

कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष नवराज मरासिनीले समारोहलाई संम्बोधन गर्दै रक्तदानको महत्व यसको फाइदा बारे बुदागत रूपमा प्रकाश पारेका थिए । जस अनुसार एक जनाले दिएको रगतले तीन जनाको जीवन बचाउन सकिने, एक पटकको रक्तदानले ६९० क्यालोरी जल्नुका साथै कोलेस्ट्रोल घटाउने र स्वास्थ्य परीक्षणका रूपमा रोग पहिचानगर्न मद्दत गर्ने जस्ता रहेका छन् । उनले अगामी दिनहरूमा सबैसंग हातेमालो गर्दै रक्तदान गर्न प्रेरित गर्ने र रक्तदान जिवनदानको मुल नारालाइ सार्थक बनाउन सधै अग्रसर रहने बताएका थिए । कार्यक्रम केन्द्रीय कोषाध्यक्ष फणीन्द्र क्षेत्रीले सञ्चालन गरेका थिए ।

सन् २००९ मा स्थापीत यस संस्थाको पहलमा हालसम्म १२ हजार ५०० पिन्ट भन्दा धेरै रगत संकलन गरि मानवीय कार्यहरू निरन्तर भइरहेको छ । यसको साथ साथै अमेरीकाको बिभिन्न स्टेटहरूमा च्याप्टर बिस्तार गर्दै यस अभियानलाई तिब्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्