२३ कार्तिक २०८२, आईतवार

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलद्वारा १ महिना नपुग्दै पदबाट राजीनामा

कोलोराडोखबर संवाददाता , November 9th, 2025

नेपाल । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरेका हुन् ।

शनिबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले राजीनामा दिएका हुन्।

लोसपाका सोनल जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेर असोज ३० गते शपथ लिएको थिए ।

उनलाई समर्थन गरेका जनमत पार्टी विभाजन भएपछि विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्