–लक्ष्मण आचार्य–
फूल चुँडियो मञ्जरी चुँडियो
बगैंचा एक एक गरी चुँडियो
क्रान्ति बिउ रोप्न हिँडेथ्यो ऊ
चोला त्यो आगोमा परी चुँडियो
खालि आकाश गडगडायो मात्र
एक थोपा वर्षा नझरी चुँडियो
हाम्रा इच्छा आकांक्षा त्यसै मुर्झाए
हरेक पल्ट यिनलाई सुस्तरी चुँडियो
हिँड्दै जाँदा हिलामा पछारिए सबै
समृद्धि यात्रा त्यो घरिघरि चुँडियो ।
–चन्द्रपुर, रौतहट ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्