२० कार्तिक २०८२, बिहीबार

गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्छ !

कोलोराडोखबर संवाददाता , November 6th, 2025

नेपाल । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी प्रधानमन्त्रीका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताएका हुन् । ।

महामन्त्री थापाको सक्रियताले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि हस्ताक्षर सम्भव भएको उनले बताए ।

सहमहामन्त्री मन्सुरले संस्थापन पक्षबाट भनि आएको महाधिवशेनको कार्यतालिकाप्रति आफ्नो समर्थन नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्