नेपाल । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको एनपीएल पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् ।
जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो ।
एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका प्रशिक्षक शिवनराइन चन्द्रपाल छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्