१९ कार्तिक २०८२, बुधबार

भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , November 5th, 2025

नेपाल । कवि, उपन्यासकार एवं निबन्धकार भूपिनको निबन्धसंग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक गरिएको छ । कात्तिक १५ नवलपरासीको गैँडाकोटमा अक्षर समूह चितवनद्वारा आयोजित कार्यक्रममा कृति लोकार्पण गरिएको हो ।

गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डा. एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल र सामना पहाडले संयुक्त रूपमा कृति विमोचन गरे ।

संग्रहमा चिन्तन, सम्झना र पर्यावरणरयात्रा गरी तीन खण्डमा २० निबन्ध समेटिएको छ ।

निबन्धकार भूपिनले आफूले यो कृति पूर्णतया इमानदार भएर लेखेको बताए, “यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन ।”

बुकहिलबाट ‘डिलक्स संस्करण’मा प्रकाशित ‘मध्यको उज्यालो’ भूपिनको सातौँ किताब हो ।

प्रतिक्रिया दिनुहोस्