१८ कार्तिक २०८२, मंगलवार

भारतले जित्यो आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि

कोलोराडोखबर संवाददाता , November 4th, 2025

नेपाल । आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।

मुम्बईमा आइतबार राति भएको फाइनलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हरायो । भारतले तेस्रो प्रयासमा पहिलो पटक उपाधि जितेको हो ।

यसअघि भारत सन् २००५ मा अस्ट्रेलिया र सन् २०१७ मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएको थियो । जितका लागि दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४६ रनमा समेटिएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ९८ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्