१६ कार्तिक २०८२, आईतवार

झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , November 2nd, 2025

नेपाल । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उहाँहरुको हप्तादिनको फरकमा मृत्यु भएको हो ।

स्थानीय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो । समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ । गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन् ।

स्थानीयका अनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढिमा झाडापखालाको लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्