१५ कार्तिक २०८२, शनिबार

नेकपा एसद्वारा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय

कोलोराडोखबर संवाददाता , November 1st, 2025

नेपाल । नेकपा (एस) को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरेको छ

बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरेका जनाइएको छ ।

एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ ।

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्