-आर. आर. चौलागाईं-
यो देश मेरो पनि हो अनि यो देश तिम्रो पनि हो
त्यसैले यो देश हामी सबैको हो ।
हिमालको आफ्नै स्वाभिमान छ
पहाडको आफ्नै शान छ
तराईको आफ्नै मान छ ।
सानो भए पनि हामी बलवान छौँ
गरिब भए पनि हामी दिलदार छौँ
पाखे भए पनि हामी सदाबहार छौँ ।
हामीलाई किन्न नखोज हामी बिक्दैनौँ
हामीलाई तर्साउन नखोज हामी तर्सिन्नौँ
हामीलाई झुकाउन नखोज हामी झुक्दैनौँ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्