२ कार्तिक २०८२, आईतवार

पार्टीमा पुस्तान्तरणसहित काँग्रेस नेता प्रदीप पौडेलले राखे ५१ पृष्ठ लामो प्रस्ताव

कोलोराडोखबर संवाददाता , October 19th, 2025

नेपाल । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी पुस्तान्तरणसहित रूपान्तरणको प्रस्ताव अघि सारेका छन् । जारी केन्द्रीय समिति बैठकमा पार्टी पुनर्गठनको लागि ५१ पृष्ठ लामो प्रस्ताव राखेका हुन् ।

प्रस्तावमा भनिएको छ, ‘योगदानको कदर गर्दै सबैलाई उचित भूमिका दिँदै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको स्वभाविक प्रक्रियालाई कार्यान्वयनमा ल्याउन ढिला गर्न हुँदैन । नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा सर्ने विषय प्राकृतिक कुरा हो, सास्वत सत्य हो ।’

पुरानो पुस्ताले अस्वभाविक लामो समय नेतृत्व गरिरहने हो भने समाजमा नयाँ पुस्ताको भूमिका कमजोर बन्न गई समग्र स्थानान्तरण तथा विकास प्रक्रिया नै अवरुद्ध हुन पुग्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्