नेपाल । साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण गरिएको छ। शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच भट्टराईले आफ्नो पुस्तक सार्वजनिक गरेका हुन्।
भट्टराई सँगसँगै सहभागी दर्शकहरूले सार्वजनिक रूपमा पुस्तक लोकार्पण गरेका थिए । पुस्तक फाइन पिन्टले बजारमा ल्याएको हो भने, पुस्तको मुल्य ५७५ रूपैयाँ रहेको छ । भट्टराईले जेनजी आन्दोलनमा हताहत भएका ब्यक्तिहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै समय जस्तो भएपनि आफ्नो गन्तव्य तर्फ लम्किन कहिले पनि पछि पर्न नहुने बताए ।
‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्य जगत्मा आएका सुविनका यसअघि उपन्यासहरू ‘साया’, ‘समर लभ’, ‘मनसुन’, ‘प्रिय सुफी’ र ‘इजोरिया’ उपन्यास प्रकाशित छन् । ‘चमेलीको फूल बैजनी रुमाल’लाई फाइन प्रिन्टले प्रकाशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्