१ कार्तिक २०८२, शनिबार

कविताः विद्रोह र कारणहरू

कोलोराडोखबर संवाददाता , October 18th, 2025

-आर.आर. चौलागाईं-

उब्जाउने हामी
बसीबसी खाने उनीहरू
अनि हामीचाहिँ भोकै हुनुपर्ने
विद्रोह हुनुमा यो पनि एउटा कारण हो ।

बुन्ने हामी
छानीछानी लाउने उनीहरू
अनि हामीचाहिँ नाङ्गैभुतुङ्गै हुनुपर्ने
विद्रोह हुनुमा यो पनि एउटा कारण हो ।

बनाउने हामी
आरामसँग बस्ने उनीहरू
अनि हामीचाहिँ घरबारविहीन हुनुपर्ने
विद्रोह हुनुमा यो पनि एउटा कारण हो ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्