१ कार्तिक २०८२, शनिबार

कोलोराडोमा नोभेम्बर ८ मा बक्तृत्वकला प्रतियोगिता हुने

कोलोराडोखबर संवाददाता , October 18th, 2025

कोलोराडो । अनेसास कोलोराडो शाखाद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा बालबालिकाहरुको बीचमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

देवकोटाको साहित्यिक योगदानका विषयमा आउँदो नोभेम्बर ८ तारिक शनिबारका दिन नेपाली घरमा उक्त कार्यक्रम आयोजना गरिएको अनेसास कोलोराडोका अध्यक्ष किरण अधिकारीले बताउनु भयो ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा वयस्कहरुबाट साहित्यिक रचना बाचन पनि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्