१ कार्तिक २०८२, शनिबार

अमेरिका, बेलालय, चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय

कोलोराडोखबर संवाददाता , October 17th, 2025

नेपाल । अन्तरिम सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता हुने राजदूतहरुमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, वेलायत, अमेरिका र जापानका आवासीय राजदूत रहेका छन्।

उनीहरुलाई कात्तिक २० गतेभित्र स्वदेश फर्किसक्न निर्देशन दिइएको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्