नेपाल । भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ । २०८२ सालको भैरव पुरस्कार भारत सिलगुढी निवासी हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरियो । पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ ।
यसैगरी एक लाख एक हजार १११ रुपियाँ राशिको भैरव वाङ्मय पुरस्कारबाट वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मा सम्मानित हुनुभयो । भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरियो । उहाँलाई ५१ हजार १११ रुपियाँसहित पुरस्कृत गरिएको हो ।
गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।
सो कार्यक्रममा साहित्यकारहरू नरनाथ लुइटेल, केके कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभएको थियो । यसै गरी साहित्यकारहरू खगेन्द्र सङ्ग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ ले अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्वितीय प्रतिभा भएको बताउनुभयो । पुरस्कृत स्रष्टाले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्