२७ आश्विन २०८२, सोमबार

काँग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई बिदाई गरौंः गगन थापा

कोलोराडोखबर संवाददाता , October 13th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् ।

यसैबीच उनले पुराना नेताहरूले बिदा लिनुपर्ने भन्दै अन्य दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई पनि प्रमुख नेतालाई छाड्न अनुरोध गर्नुपर्ने बताएका छन् ।

नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्