६ कार्तिक २०८२, बिहीबार

कविताः शासक, भेडाहरू, निमको रुख र जनता

कोलोराडोखबर संवाददाता , October 11th, 2025

–आर.आर. चौलागाईं–
अहिले एउटा शासक
सत्ताच्यूत भएर गुन्डूमा गएर बसेको छ र भन्दै छ–
‘हाम्रो गुन्डाराज फेरि फर्किन्छ ।’

मलाई भेडाहरू
मान्छे भएको हेर्न मन छ ।

हामीले रोप्यौँ धेरै वर्षसम्म
निमको रुख
तर सुन्तला कहिल्यै फलेन ।

हामी जनता
मासुभात खाएर भोट हाल्छौँ
र पाँच वर्षसम्म नेतालाई गाली गरेर बसिरहन्छौँ ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्