१४ कार्तिक २०८२, शुक्रबार

नेपाल टी–२० विश्वकप छनोटको सुपर सिक्समा

कोलोराडोखबर संवाददाता , October 10th, 2025

नेपाल । नेपाल बिहीबार आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाउन सफल भएको छ ।

नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हराएर विश्वकप पुग्ने अभियानमा सकारात्मक सुरुवात गरेको थियो । समूह ‘बी’ अन्तर्गत नै जापानले कुवेतलाई पाँच विकेटले हराएपछि नेपाल सुपर सिक्समा पुगेको हो । कुवेत लगातार दोस्रो खेलमा पराजित भएपछि जापान पनि सुपर सिक्समा पुगेको छ ।

चालु छनोट प्रतियोगितामा नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । नेपालले अब शुक्रबार जापानसँग खेल्ने छ । सो खेल जित्ने टिमले दुई अंकका साथ सुपर सिक्समा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्