२७ आश्विन २०८२, सोमबार

कोलोराडोमा हुने कन्सुलर घुम्ती शिविरमा सेवा लिन ४ सय भन्दा बढीले फारम भरे

कोलोराडोखबर संवाददाता , October 8th, 2025

कोलोराडो । अमेरिकाको कोलोराडोमा यही अक्टोबर १०, ११ र १२ तारिखमा हुन लागेको कन्सुलर घुम्ती शिविरमा सेवा लिन ४ सय भन्दा बढीले फारम भरेका छन् ।

उक्त शिविर कोलोराडोस्थित नेपाली घरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ ।

एनआरएनए कोलोराडो च्याप्टर, हेल्पिङ ह्याण्डस्, नेपाली घर तथा सम्पूर्ण नेपाली संस्थाहरूको सहकार्यमा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुन लागेको हो ।

नेपाली घरका महासचिव भोला कटुवालका अनुसार अमेरिकास्थित नेपाली दुतावास र नेपाली घरको क्युआर कोड प्रयोग गरेर फारम भरेका ४०० सेवाग्राहीमध्ये अधिकांशले पासपोर्ट सेवाका लागि आवेदन दिएका छन् । ३७ जनाले एनआरएन कार्ड, ४ जनाले ट्राभल डकुमेन्ट वा वारिसनामाका लागि र ४ जनाले अन्य सेवाका लागि फारम भरेका छन् ।

उक्त शिविर सेवामा कोलोराडो लगायत एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटाह र वायोमिङबाट पनि सेवाग्राहीहरू आउने बुझिएको छ ।

अक्टोबर १०, ११ र १२ मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

प्रतिक्रिया दिनुहोस्