१७ आश्विन २०८२, शुक्रबार

भक्तपुरको गुण्डुस्थित ओली निवासमा एमालेको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , September 28th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ ।

बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने उहाँले बताउनुभयो । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिए । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्