१७ आश्विन २०८२, शुक्रबार

अक्टोबर १०, ११ र १२ मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने

कोलोराडोखबर संवाददाता , September 25th, 2025

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टर, हेल्पिङ ह्याण्डस्, नेपाली घर तथा सम्पूर्ण नेपाली संस्थाहरूको सहकार्यमा आगामी अक्टोबर १०, ११ र १२ गते कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने भएको छ ।

दूतावासको उक्त घुम्ती शिविर सेवामा सहभागी भई सेवा लिनका लागि सम्पूर्ण कोलोराडोवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू साथै छिमेकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूलाई हार्दिक आमन्त्रण गरिएको छ ।

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा स्वयंसेवकको आवश्यकता रहेको हुँदा इच्छुक सबै महानुभावहरूले नाम दर्ता गरिदिनुहुन एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष निमा शेर्पा र चन्द्र गुरुङले अनुरोध गरेका छन् ।

🇳🇵 घुम्ती शिविर सेवा — कोलोराडो 🇳🇵
📣 नेपाली पासपोर्ट, NRN कार्ड, कन्सुलर सेवा — सबै एकै ठाउँमा !
📍 स्थान: नेपाली कम्युनिटी घर, कोलोराडो
– मिति: October 10, 11, 12
🕘 समय: बिहानदेखि साँझसम्म (First come, first served)
🔹 सेवाहरू:
• पासपोर्ट नविकरण
• NRN (Non-Resident Nepali) कार्ड आवेदन
• कन्सुलर परामर्श/सेवा

प्रतिक्रिया दिनुहोस्