१७ आश्विन २०८२, शुक्रबार

दसैँ र तिहारमा नखुल्ने भयो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग !

कोलोराडोखबर संवाददाता , September 24th, 2025

नेपाल । सरकारले दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने भनिए पनि अझै त्यसको टुङ्गो लाग्न सकेको छैन । दसैँ सुरु भएको दुई दिन बितिसक्दा पनि सो सुरुङमार्ग सञ्चालनबारे टुङ्गो लाग्न नसकेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मन्त्रालयमा असोज ४ गते बसेको बैठकमा दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउन मन्त्रालयका सचिव, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको थियो ।

सुरुङमार्ग भएर सवारीसाधन चलाउन आवश्यक तयारी पूरा हुन नसकेको तथा तयारी पूरा नहुँदै सवारीसाधन चलाउँदा सुरक्षाका दृष्टिकोणले जोखिमयुक्त हुन सक्ने भन्दै निर्माण कम्पनी र परामर्शदाता कम्पनी तत्काल सुरुङमार्ग सञ्चालनका लागि तयार हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्