नेपाल । एसिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर– फोरमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ।
श्रीलंकाले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो। पाकिस्तानका मोहम्मद नवाजले अविजित ३८ र मोहम्मद हुसेनले अविजित ३२ रन बनाए।
श्रीलंकाका वानिन्दु हसरंगा डे सिल्भा र महेश थेक्षानाले समान दुई तथा दुष्मन्थ चमिराले एक विकेट लिए । त्यसअघि खेल अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाएर एक सय ३३ रन बनायो।
श्रीलंका कामिन्दु मेन्डिसले ५० रन बनाए। पाकिस्तानका शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई तथा अबरार अहमदले एक विकेट लिए।
जीतसँगै पाकिस्तान सुपर–४ को तालिकामा दुई खेलमा दुई अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ।
समान खेलमा जीतविहिन श्रीलङ्का पुछारमा छ। सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन्।
बुधबार भारत र बङ्गलादेश खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस्