नेपाल । सुमन सौरभको छैटौँ लघुकथा कृति ‘रे’ एक समारोहबिच लोकार्पण गरिएको छ ।
मङ्गलबार ठमेलमा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइरालालगायतले कृति सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा प्राडा गौतमले कृतिकार सौरभले सधैँ प्रयोगधर्मी पृथक् लघुकथा सिर्जना गर्दै आएको बताउनुहुँदै उनका कृतिमा बौद्धिकता झल्किने उल्लेख गर्नुभयो । लघुकथा समाजद्वारा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष रोदनले लेखकले यो विधामा परिवर्तनकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।
समाजका अध्यक्ष कोइरालाले कृतिभित्र मौलिक आख्यानको स्वाद भेटिने बताउनुभयो । कृतिकार सुमनले लघुकथा लेखनको रचनागर्भ र पृष्ठभूमिबारे बताउँदै एउटा लघुकथा लेख्न छ महिना समयसमेत लागेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्