नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार युएई जाने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम युएई जान लागेको हो ।
यसअघि केही दिन अगाडि नै युएई जाने बताइएको भए पनि भिसाका कारण नेपाली टिम रोकिएको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिनुभएको छ । जेनजी आन्दोलनका कारण युएईले भिसा नदिँदा शुक्रबार उड्ने तयारीमा रहेको नेपाली टिम रोकिएको थियो ।
लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिम युएई प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको हो । नेपालले वेस्ट इन्डिजसँग असोज ११, १३ र १४ गते टी–२० सिरिज खेल्ने छ । रोहित पौडेलको कप्तानीमा नेपाली टिम घोषणा भइसकेको छ।

 कोलोराडोखबर संवाददाता
कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्