२७ फाल्गुन २०८२, बुधबार

सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन डा. भट्टराईको आग्रह

कोलोराडोखबर संवाददाता , September 21st, 2025

नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन् ।

यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ, उनले भने ।

आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम राख्न नसको र जनताको सम्पत्ति दोहन गरेर सत्ताको दुरुपयोग गरेको भट्टराईले आरोप लगाए । यस्तो सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नु अपरिहार्य भएको उनको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्