नेपाल । एच–१ बी भिसामार्फत अमेरिकामा जानेहरूले अब एक लाख डलर शुल्क तिर्नुपर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका प्रवेश गराउन उक्त रकम तोकेको जनाएको हो । एच–१ बी भिसा विदेशबाट निश्चित उद्योगहरूमा दक्ष कामदार ल्याउन प्रयोग हुँदै आएको छ ।
अहिलेसम्म यस्तो भिसाका आवेदनमा विभिन्न प्रशासनिक शुल्क गरी करिब १५ सय डलर लाग्ने गरेको थियो । एच–१ बी भिसा कार्यक्रमको दुरुपयोग भएको भन्दै शुल्क नतिरेसम्म प्रवेशमा प्रतिबन्ध लगाइने प्रावधान नयाँ आदेशमा गरिएको छ ।
अघिल्लो आर्थिक वर्षमा यो कार्यक्रम मार्फत अमेजन, टाटा, माइक्रोसफ्ट, मेटा, एप्पल र गुगलजस्ता प्रविधि कम्पनीहरूले कामदार भित्र्याएका थिए ।
नेपालका उच्च दक्ष कामदार समेत यसबाट प्रभावित हुने भएका छन् । यसको बदलामा निश्चित आप्रवासीहरूका लागि भिसा प्रक्रियालाई छिटो बनाउन गोल्ड कार्ड व्यवस्था अर्को आदेशमा गरेका छन् । जसको शुल्क दश लाख डलरबाट शुरु हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्