४ आश्विन २०८२, शनिबार

जथाभावी सहयोग रकम संकलन नगर्न एनआरएनए एनसीसी अमेरिकाको अपील

कोलोराडोखबर संवाददाता , September 20th, 2025

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए ) एनसीसी अमेरिकाले जेनजी आन्दोलनका क्रममा नेपालमा भएको क्षतिसँग सम्बन्धित भन्दै विभिन्न समूहहरूले व्यक्तिगत वा छुट्टाछुट्टै रुपमा सहयोग संकलन गरेको देखिएपछि ध्यानाकर्षण भएको जनाएको छ ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकासउप्रेतीले विज्ञप्ति प्रकाशित गरी अनधिकृत रूपमा कोष संकलन गरिनु जायज नहुने र त्यस्तो रकम संकलनमा सहभागी नहुन नेपाली समुदायलाई अपिल समेत गरेका छन् ।

ध्यानाकर्षण पत्रमा नेपाल सरकारबाट आवश्यक अनुमतिपत्र–आह्वान नभई सार्वजनिक रूपमा दान–कोष संकलन गर्नु कानून तथा वर्तमान तरल राजनीतिक स्थितिमा सही नहुने विषय उठाइएको छ । अध्यक्ष उप्रेतीले नेपाल सरकारसंगको समन्वय–सहकार्यमा मात्र एकीकृत सहयोग संकलन अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्